काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९ सय ५५ रूपैयाँ कायम भएको छ ।





