सम्पदा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

२०८२ जेष्ठ २२, बिहीबार

काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना भएका लक्ष्मण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाका यस अघिका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले दिएको राजिनामा स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार