
काठमाडौं : काठमाडौंको सुन्धारा आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा छानबिनमा तानिएका चार ट्राफिक प्रहरीको गणमा सरुवा गरिएको छ ।
चार जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको हो । सर्वसाधारण कुटपिट घटनामा ट्राफिक सई इश्र महर्जनसहितलाई गणमा पठाइएको जनाइएको छ । २३ मङ्सिर २०८१ मा सुन्धारामा सर्वसाधारणमाथि कुटपिट भएको घटना ६ महिनापछि ११ वैशाखमा बाहिरिएको थियो ।
त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले उनीहरूको जिम्मेवारी खोस्दै छानबिन गरेको थियो ।