
काठमाडौँ : अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।
उनीहरू चार्टर्ड विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।