काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ३ सय १५ रूपैयाँ कायम भएको छ ।





