सुनको मूल्यमा भारी गिरावट

२०८२ कार्तिक २, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य ४  हजार ८ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रूपैयाँ कायम भएकोमा आज ४ हजार ८ सय रूपैयाँले घटेर २ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ५० रूपैयाँ कायम भएकोमा आज ७५ रूपैयाँले घटेर ३ हजार २ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार