काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ६५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ ।









