काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर २ लाख ५२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय २५ रूपैयाँ कायम भएकोमा आज ७० रूपैयाँले घटेर ३ हजार ५ सय ५५ रूपैयाँ कायम भएको छ ।







