काठमाडौँ : दिपलको प्रिमियम इलेक्ट्रिक एसयुभी ‘दिपल एस०५’ ले युरोपेली सुरक्षासम्बन्धी कठोर परीक्षणका लागि प्रसिद्ध युरो एनक्यापबाट उत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ।
यस उपलब्धिले दिपलको विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ कौशल र अत्याधुनिक मोबिलिटीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
स्वतन्त्र परीक्षण अनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा सूचकमा प्रभावशाली प्रदर्शन गरेको छ—एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रविधिमा ७६ प्रतिशत। यी नतिजाले कठोर मापदण्डअन्तर्गत परीक्षणमा आफूलाई उत्कृष्ट एसयुभीको रूपमा स्थापित गरेको देखिन्छ।
यस रेटिङले दिपल एस०५ मा प्रयोग गरिएको मजबुत भेहिकल स्ट्रक्चर, उन्नत रेस्ट्रेन्ट सिस्टम तथा सक्रिय सुरक्षा प्रविधिहरूलाई उच्च मान्यता दिएको छ। नेपालमा लक्जरी, स्टाइल र टेकको आकर्षक संयोजनका रूपमा चिनिएको यो एसयुभी सार्वजनिक भएको समयदेखि नै उपभोक्ताबीच लोकप्रिय बन्दै आएको छ। नाडा अटो शो २०२५ मा पनि दिपल एस०५ स्टोपपर मोडेलका रूपमा विशेष ध्यानाकर्षणको केन्द्र बनेको थियो।
दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन–आउट पार्किंग, एआर हेड–अप डिस्प्ले, आउटडोर स्पिकरसहितका १४ स्पिकर, इन्टरनेट कनेक्सन, क्विन पायलट सिट, फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्। यसमा प्रयोग भएको ‘गोल्डेन शिल्ड ब्याट्री’लाई विश्वकै अत्यधिक सुरक्षित र छिटो चार्ज हुने इभी ब्याट्रीको रूपमा मानिन्छ, जसले ५००० भन्दा बढी चार्ज साइकल प्रदान गर्छ।
युरो एनक्यापको ५ स्टार रेटिङसँगै दिपलले विश्वस्तरीय सुरक्षा र प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई झनै मजबुत बनाएको बताइएको छ।








