काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय २५ रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर ३ हजार ८ सय ७० रूपैयाँ कायम भएको छ ।








