घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १६, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९० रूपैयाँ कायम भएकोमा आज १ सय २० रूपैयाँले घटेर ४ हजार ४ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार