महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न

२०८२ पुष २१, सोमबार

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का महत्वपूर्ण वित्तीय प्रस्तावहरू पारित गरेको छ। सभाले २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसहितका वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको छ।

साथै सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरिएको छ। यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।

सभाले २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसहितका वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको छ। साथै सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरिएको छ। यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार