सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०८२ पुष २३, बुधबार

काठमाडौं : सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत पुस ९ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत मंसिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको रु.१०० अंकित दरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकाको सम्पूर्ण वडावासि स्थानिय वासिन्दाहरुका लागि जारी गरिएको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि समेत बिक्री गरेको थियो । जसमा आवेदन दिने समय गत पुस १४ गतेसम्म थियो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार