काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ४५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ५ हजार ६ सय २५ रूपैयाँ कायम भएको छ ।





