काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय ८० रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर ५ हजार ९ सय २० रूपैयाँ कायम भएको छ ।





