काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज २ सय ८५ रूपैयाँले बढेर ६ हजार ७ सय ६५ रूपैयाँ कायम भएको छ ।





