काठमाडौं : झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए ।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यही विषयमा १९ माघमा चितवन पुगेका उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए ।









