काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज २ सय ४० रूपैयाँले बढेर ५ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।









