काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते सभा बस्ने निर्णय गरेको हो । कम्पनीको १८ औँँ सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्ने भएको छ ।
कम्पनीले फागुन १४ गते एक दिनका लागि बूक क्लोजको मिति तय गरेको छ ।










