काठमाडौं : सिम्रिक एयरले आइपीओ जारीको प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनीले यही फागुन २८ गते साधारणसभा डाकेको हो। सभा काठमाडौं–३२ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने र धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको नियमावलीमा संशाधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखारीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
सोही सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।










