बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ९५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ५ हजार ५ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार