नाडा प्रेजेन्ट्स् ‘वाडा अटो शो २०२६’को स्टल बुकिङ खुल्ला

२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौं : पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोबाईल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ ।

पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारीधनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा उक्त शो आयोजना गर्न लागिएको हो ।

सम्पूर्ण साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीकालागि स्टल बुकिङ खुल्ला गरिएको छ ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्नेछ भने स्टल बुकिङका लागि इच्छुक कम्पनी/संस्थाहरूले ९८०१५४१५३८ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार