गोरखामा मृत अवस्थामा चितुवा फेला

२०८२ फाल्गुन १२, मंगलवार

गोरखा : गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ ।

गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए । स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उनले बताए ।

स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको चितुवाको उमेर करिब एक वर्ष हुनसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार