कांग्रेसप्रति सकारात्मक माहोेल बनिरहेको छ : महामन्त्री पौडेल

२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन् ।

धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उनले देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताएका हुन् । महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरे ।

“देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उनले भने। कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार