काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८८ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुनेछ ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।










