प्रेमीकै अगाडि युवतीलाई ७ पुरुषले गरे बलात्कार

२०८२ फाल्गुन १३, बुधबार

काठमाडौँ : भारतीय राज्य आसामको काचर जिल्लास्थित सिलचर सहरनजिकै २८ वर्षीया युवतीलाई उनकै प्रेमीका अगाडि ५ पुरुषले पालैपालो बलात्कार गरेका छन्।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस विषयमा यही फेब्रुअरी १९ तारिख प्रहरीमा उजुरी दर्ता गरिएको छ भने अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार बलात्कारपछि एक जनाले युवतीलाई आफ्नो खातामा १० हजार रुपैयाँ ट्रान्सफर गर्नसमेत लगाए। पीडितको परिवारका अनुसार युवती सिलचर सहरबाट केही किलोमिटर पर बाइपास रोडमा आफ्नो प्रेमीसँग कारमा थिइन्, त्यही बेला एसयूभीमा केही पुरुष आए र उनीहरूविरुद्ध आक्रमण गरे।

पीडित परिवारका अनुसार पहिले उनीहरूलाई जोडीलाई ठेगाना सोधे र त्यसपछि अचानक युवती र उनका केटा साथीलाई समातेर लगे। त्यहाँ लगभग सात जना पुरुष थिए र उनीहरूले प्रेमीकै सामुन्ने पालैपालो बलात्कार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार