काठमाडौं : बागलुङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन्।
प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेका हुन्। बुधबार कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले यस्तो घोषणा गरेका हुन्। उनले यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार पौडेल र समानुपातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको बताए।
उनले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताए।










