युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर : निधि

२०८२ फाल्गुन १३, बुधबार

धनुषा : नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले नेपाली कांग्रेसको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता निधिले सभापति गगनकुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको उनको भनाइ थियो । नेता निधिले फागुन ६ गते भएको आमसभा कांग्रेसका लागि सकारात्मक सङ्केत भएको बताए ।

उनले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको समेत स्पष्ट गरे । मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले सङ्गठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राखेको निधिले बताए । “स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार