काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ।
कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको सार्वजनिक बिदामा पनि बीमा सेवा प्रदान गरिने जानकारी गराएको हो।
फागुन २१ गते प्रतिनिसभा सदस्य निर्वाचन रहेको छ। कम्पनीका अनुसार ती दिनमा बीमालेख र बीमा दाबीसँग सम्बन्धित सेवालाई कम्पनीले तोकेका प्रतिनिधिलाई सम्पर्क गर्न सकिनेछ।










