चितवन : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका सभापति रवि लामिछानेले करिब तेब्बर मतको अग्रता कायम गरेका छन् । उनले हालसम्म गणना गरिएको मतमध्ये काङ्ग्रेसकी उम्मेदवार मिना खरेलभन्दा करिब तेब्बर मतको अग्रता बनाएका हुन् ।
चितवन–२ मा हालसम्म ५१ हजार ८२३ मत गणना हुँदा लामिछानेले २२ हजार १२१ मतको अग्रता बनाएका हुन् ।
लामिछानेले हालसम्म ३० हजार ८६५ मत पाउँदा काङ्ग्रेसकी खरेलले ८ हजार ७४४ मत र एमालेका अस्मिन घिमिरेले ५ हजार २९७ मत पाएका छन् ।
नेकपाका उम्मेदवार प्रताप गुरुङले ३ हजार ३५५ मत पाएका छन् ।









