काठमाडौं : फर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा. लि.ले ‘फर्थिङ एक्स्चेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।
काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) मा यही चैत ६ देखि ८ गतेसम्म फेस्ट सञ्चालन हुने कम्पनीले जनाएको छ । एक्सचेन्ज फेस्टले ग्राहकलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी नयाँ फर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्नेछ ।
ग्राहकले कुल ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यो छुटले हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाउने कम्पनीको विश्वास छ । ‘आकर्षक नगद छुट उपलब्ध हुँदा ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्,’ कम्पनीले भनेको छ । १ वर्षको अटो प्लस बीमा, १ वर्षको सडक कर, स्पेयर टायर र एसी चार्जर निःशुल्क उपलब्ध हुनेछ ।
यो फेस्ट केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा पनि रहेको कम्पनीले जनाएको छ । ‘७ लाख रुपैयाँसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ,’ विज्ञप्तिमा जनाइएको छ ।
फोर्थिङ चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी डङफेङ मोटर ग्रुपको सहायक कम्पनी डङफेङ लिगजोउ मोटर कम्पनी लिमिटेड अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा.लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो ।









