काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १२ हजार ५ सय रूपैयाँले घटेर २ लाख ८२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रूपैयाँ कायम भएकोमा आज ३ सय ५५ रूपैयाँले घटेर ४ हजार ५ सय ४० रूपैयाँ कायम भएको छ ।





