इरानले दियो ट्रम्पलाई उपहार

२०८२ चैत्र ११, बुधबार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारहरूले अमेरिकालाई तेल र ग्याससँग सम्बन्धित “धेरै महत्त्वपूर्ण उपहार” दिएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार यो उपहार हर्मुजको जलडमरूमसँग सम्बन्धित छ, तर उनले यसबारे थप जानकारी दिएनन्। अमेरिकी राष्ट्रपतिले भने – यो उपहारका कारण उनले महसुस गरे कि उनको प्रशासन “सही मानिसहरूसँग कुरा गरिरहेको छ”।

राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यो दाबी गरेका हुन्। उनले इरानी वार्ताकारहरू अमेरिकासँग “सम्झौतामा पुग्न आतुर” रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार