इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

२०८२ चैत्र १२, बिहीबार

काठमाडौं : इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे ।

इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी उनले गरेका छन् । यद्यपि इरानले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार