साफ यु–२० फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ : साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि निशानराज लावतले गोल गरे ।

त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलङ्कालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार