काठमाडौं : रोशी खोलामा आएको बाढीले सडक बगाएपछि सवारी आवागमन बन्द भएको छ।
शुक्रबारदेखि अबरूद्ध विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रमा डाइभर्सन निर्माण गरिँदै छ ।
रोशी क्षेत्रको करिब चार किलोमिटर सडकखण्डमा डाइभर्सन निर्माणपश्चात् शनिबार साँझसम्ममा राजमार्गमा यातायात आवागमन गर्न सकिने हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।









