काठमाडौँ : इरानले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा गरेको हवाई हमलामा परी घाइते भएका अमेरिकी सैनिकको संख्या बढेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा घाइते भएका अमेरिकी सैनिकको संख्या कम्तीमा १२ पुगेको हो।
यसअघि १० सैनिक घाइते भएको बताइएको थियो। वाल स्ट्रिट जर्नलका अनुसार आक्रमणका बेला ती सैनिक बेसको एउटा भवनभित्र थिए। स्रोतले बीबीसी फारसीलाई बताएअनुसार इरानले कम्तीमा एउटा क्षेप्यास्त्र र धेरैवटा ड्रोन हानेको थियो।
न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार इरानको आक्रमणबाट हावामै इन्धन भर्ने धेरैवटा विमानमा पनि क्षति भएको छ। यसैबिच संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीको खलिफा आर्थिक क्षेत्र क्षेत्रमा क्षेप्यास्त्रको टुक्रा खसेर लाग्दा पाँच भारतीय नागरिक घाइते भएका छन्।









