फोटोन इभी टोटल केयर क्याम्प सञ्चालन गरिँदै

२०८२ चैत्र २३, सोमबार

काठमाडौं : फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन इभी टोटल केयर क्याम्प सञ्चालन गर्ने भएको छ ।

आफ्टर–सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा यो क्याम्प सञ्चालन गर्न लागिएको हो । क्याम्पको उद्देश्य देशका प्रमुख स्थानमा सर्भिस सुविधा पुर्‍याउनु हो । यो अभियान दुई चरणमा गरी प्रमुख ६ स्थानमा सञ्चालन हुनेछ । पहिलो चरणमा यही २२ देखि आगामी ४ वैशाखसम्म सञ्चालन हुनेछ । पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ ।

यसैगरी, दोस्रो चरणअन्तर्गत ६ देखि १७ वैशाखसम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिने कम्पनीले जनाएको छ । यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

क्याम्पमा सहभागी ग्राहकले विभिन्न सुविधा पाउनेछन् । जसमा स्पेयर पार्टस्, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ । साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर–टु–बम्पर’ चेकअप तथा निःशुल्क वासिङ र ग्रिजिङ सेवा उपलब्ध हुनेछ ।

यी सेवाले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टर विस्तार गरी आफ्टर–सेल्स सर्भिस दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार