बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ६, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ३० रूपैयाँ कायम भएकोमा आज ९५ रूपैयाँले बढेर ५ हजार २ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार