सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा आह्वान

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा आउँदो जेठ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्। सोही सभाले सातौँ वार्षिक साधारणसभाबाट पारित चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अब आठौँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीमा हकप्रद शेयरसहितको विवरण पुनरावलोकन गर्न सक्ने अधिकार तथा संशोधन प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख वा स्वीकृति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन तथा परिवर्तन गर्न र अन्य कार्यहरुसमेत गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही वैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार