चेन्नईलाई ५ विकेटले पराजित गर्दै हैदराबाद प्लेअफमा

२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं : आईपीएल २०२६ अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा पुगेको छ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। यो जितसँगै हैदराबाद प्लेअफको लागि छनोट भएको छ भने चेन्नईको शीर्ष चारमा पुग्ने सम्भावना निकै कठिन बनेको छ।

हैदराबादको जितका इशान किशनले शानदार इनिङ खेले। उनले ४७ बलमा ७० रन बनाए। उनीसँगै हेनरिक क्लासेनले २६ बलमा ४७ रन बनाएर पछ्याउने लक्ष्यलाई स्थिर बनाए। अन्त्यमा, सलिल अरोरा १० र आर. स्मरन ५ रन बनाउँदै खेल सकाए। बलिङतर्फ चेन्नईका लागि मुकेश चौधरीले २ विकेट लिए भने अकील हुसेन, नूर अहमद र अंशुल कम्बोजले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। उसको लागि सञ्जु सामसनले १३ बलमा २७ रन बनाए। यस्तै, कार्तिक शर्माले १९ बलमा ३२ रन थपे भने डेवाल्ड ब्रेभिसले २७ बलमा ४४ रन र शिवम दुबेले २६ रन जोडे। ब्रेभिस र शिवमले पाँचौं विकेटको लागि ५९ रनको साझेदारी गरेका थिए।

बलिङतर्फ हैदराबादका प्याट कमिन्सले चार ओभरमा मात्र २८ रन खर्चेर तीन विकेट लिए। शकिब हुसेनले दुई विकेट लिए भने इशान मालिंगा र प्रफुल हिङ्गेले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार