काठमाडौँ : आइसिसी विश्वकप लिग-२ को काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। स्कटल्यान्डसमेत सहभागी जारी सिरिजका ६ खेलमध्ये नेपालले २ र अमेरिकाले एक खेलमा जित निकालेका छन्। स्कटल्यान्डले भने २ खेलमा जित निकालेको थियो।
नेपाल र अमेरिकाले स्कटल्यान्डसँगका सुरुवाती खेल गुमाएका थिए। नेपालले भने आफ्नो दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले र तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो। सिरिजको पाँचौ खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।
जारी सिरिजमा २७ खेलबाट ३८ अंक बनाएको अमेरिका शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंक भएको नेपाल पाँचौ स्थानमा छ। स्कटल्यान्ड भने अमेरिकासँग समान अंक भए भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।











