काठमाडौँ : नेपाली कांग्रेका सभापति गगन थापाले सरकारले काठमाडौँ लगायतका स्थानका सुकुमबासी बस्ती भत्काएर गलत गरेको बताएका छन्।
पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजन गरेको ‘विस्थापनको व्याकुलताः सहरी सुकुमबासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ शीर्षकको ग्रिन टेबल छलफल कार्यक्रममा सरकारले सुकुमबासी बस्तीका घर टहरा हटाएर मानिसको आत्मसम्मानपूर्वक बाच्न पाउने अधिकारमा ठेस पुर्याएको बताए ।
‘सुकुमबासीहरूको राति सुत्दा घर छ, बिहान उठ्दा घर हुँदैन त्यसलाई कसै गरी उपयुक्त भन्न सकिन्न,’ सभापति थापाले भने, ‘भत्काउनेले जाबो एउटा टहरो भत्काएको भन्नु उपयुक्त हुन्न । संविधानले नै भूमिहीन दलितलाई एक पटकलाई भूमि दिनुपर्छ भनेको छ ।’









