अब बिजुलीमा पनि भ्याट लाग्ने

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ : सरकारले बिजुलीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका हुन्। उपभोक्ताले खपत गर्ने मासिक ५० युनिटसम्म कुनै कर लाग्नेछैन। त्यसभन्दा माथिको बिजुली खपत गर्दा भ्याट लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्।

‘अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु,’ बजेट मन्तव्यमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार