श्रीलंकालाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं : नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ ।

यो जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । ६ अंक जोडेको नेपालले जितसँगै समूह चरणमा दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्यो । टोलीले यसअघि भएको पहिलो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको थियो ।

आइतबार भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाललाई जिताउन कप्तान रेनुका नगरकोटे र स्ट्राइकर रश्मीकुमारी घिसिङले समान एक गोल गरे । रश्मीले पहिलो हाफको इन्जुरी समयमा नेपाललाई अग्रता दिलाइन् । उनले पेनाल्टी बक्सभित्र रेखा पौडेलको पासमा बललाई जाली चुमाएकी थिइन् ।

६२औँ मिनेटमा कप्तान रेनुकाले सुन्दर ‘चिप’ गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार