काठमाडौँ : राष्ट्रिय सद्भावना पार्टी छाडेका अनिलकुमार झालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
आइतबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम झालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।









