उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउँछौँ : अर्थमन्त्री वाग्ले

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौँ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन् ।

बजेट सार्वजनिक भएको दुई दिनपछि आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताए । “अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन हामी केहीलाई लखपति बनाउँछौँ ।” उक्त योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई पनि सहभागी गराइने उनको भनाइ छ ।

सो व्यवस्थाअनुसार मूल्य अभिवृद्धिकरको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनले बताए । उनले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताए ।

मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले रु १० लाखसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार