समय बलवान छ, सूर्य फेरि उदाउँछ : रामकुमारी झाँक्री

२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौँ : नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको मतभिन्नता अन्त्य गर्दै नेतृत्व तहलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव शंकर पोखरेल र नेता  योगेश भट्टराईको तस्बिरसहित लामो स्ट्याटस लेख्दै राष्ट्रिय सभा सदस्य समेत रहेकी झाँक्रीले पार्टी, समाज र मुलुकले उनीहरूबाट सकारात्मक पहलको अपेक्षा गरेको उल्लेख गरेकी हुन्।

उनले एमालेका दुई पूर्व अनेरास्ववियु अध्यक्षसमेत रहेका पोखरेल र भट्टराईलाई सम्बोधन गर्दै देश जटिल चुनौतीहरूको सामना गरिरहेको र त्यसको समाधानका लागि पार्टीभित्र साझा दृष्टिकोण निर्माण आवश्यक रहेको बताएकी छन्।

‘आजको नेपाली समाजका चुनौती के हुन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा तपाईहरूलाई थाहा छ,’ झाँक्रीले लेखेकी छन्, ‘सबैभन्दा पहिले समाज, त्यसका जटिलता र घटनाक्रमबारे पार्टीको दृष्टिकोण एउटै बनाउनुस्। त्यसपछि जनतामाझ पुगेर पार्टीलाई अद्यावधिक गरौं, सुझाव दिऔं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार