बजेटले मध्यम वर्गलाई व्ययभार मात्र थप्यो : गगन थापा

२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम सिर्जना गरे पनि व्यवहारमा थप आर्थिक भार थोपरेको बताएका छन् ।

कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आइतबार सानेपामा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’को पहिलो कार्यक्रममा बोल्दै थापाले आयकरको सीमा १० लाख रुपैयाँसम्म पुर्‍याइएको विषयलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरे पनि अन्य शीर्षकमा बढाइएको करले नागरिकमाथि थप बोझ परेको दाबी गरे ।

‘सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिएजस्तो गरेको छ, तर पछाडिको गोजीबाट सुटुक्क ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको छ,’ उनले भने । थापाले शिक्षामा लगाइएको ३ प्रतिशत समता शुल्क, स्वास्थ्य क्षेत्रमा थप गरिएको कर तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाइएकाले मध्यम वर्गको वार्षिक खर्च उल्लेख्य रूपमा बढ्ने बताए ।

निजी विद्यालय र अस्पताललाई विलासिताको वस्तुका रूपमा हेर्न नमिल्ने भन्दै उनले राज्यको कमजोर सेवा प्रवाहका कारण नागरिक त्यस्ता संस्थामा जान बाध्य भएको तर्क गरे । महामन्त्री थापाले सरकारले निर्धारण गरेको राजस्व संकलनको लक्ष्य यथार्थपरक नरहेको दाबी गरे ।

बजारमा आर्थिक गतिविधि सुस्त रहेको, घरजग्गा कारोबार घटेको र बैंकिङ प्रणालीमा लगानी हुन नसकेको पैसा थुप्रिएको अवस्थामा उच्च राजस्व वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार