काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकको नख्खु शाखामार्फत गरिएको सहयोग कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बालगृहका प्रतिनिधि सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्। यस सहयोगबाट बालगृहमा आश्रित बालबालिकालाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ। बालगृहले पनि बालबालिकाको आवश्यकता सम्बोधन गर्न गरिएको सहयोगप्रति बैंकलाई धन्यवाद दिएको छ।
कार्यक्रममा बैंकका कर्मचारी तथा बालगृहका बालबालिकाको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








